श्री एयरलाईन्सले दुई जहाज थप्यो, नयाँ जहाज आज त्रिभुवन विमानस्थलमा अवतरण

Advertisement

काठमाडौं । श्री एयरलाईन्सले तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन 9N–AOK तथा 9N–AOL थपेको छ । नयाँ २ वटा थपिएसँगै श्री एयरलाइन्ससँग जहाज संख्या १० वटा पुगेको छ । 

यसअघि अमेरिकाको  होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाजहरु अत्यन्तै आरामदाय, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभूति दिने छन्  । यी जहाजमा जडित इन्जिन मोही प्रकारका अन्य जहाजहरु भन्दा दोब्बर शक्तिशाली ५४०० साफट हर्षपावर भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित PWI50A अत्यन्तै भरपर्दो रहेको कम्पनीले जनाएको छ । 

Advertisement

उक्त जहाजहरु श्री एयसलाईन्सका पाइलटहरुद्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुध, क्यानाडाको गुजये, आइसलैण्डको केफलामिक, जर्मनीको म्यूनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै करीब १० हजार माइलको दुरी करीब २५ घण्टाको उड़ान तथा तीन रात्री विसानपछि आज त्रिभुवन अन्तरर्राष्ट्रिय विमान स्थलमा अवतरण भएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पूरा गरी उक्त विमानहरुवाट आन्तरिक सेवाको गन्तव्यहरुमा उडान थप गरी सेवा संचालन गर्दै जानेछ । 

undefined

कम्पनीका अनसार सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ बटा बार जे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान संचालन गर्दै आएको छ । 

शुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगंज, धनगढी विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा संचालन गरिरहेकोमा सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरि ४ वटा ८० सिट क्षमताको क्यानाडामा निर्मित Q400 Dash विमानहरुबाट पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरेका छ ।


 

Advertisement

Advertisement