स्थानीय तहलाई सडकबत्तीबापतको ६ अर्ब बक्यौता तिर्न विद्युत् प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल भुक्तानी गर्न आग्रह गरेको छ । 

प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडकबत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपियाँ भुक्तानी नगरेको भन्दै तत्काल उक्त रकम तिर्न भनेको हो ।

Advertisement

विद्युत् महसुल तिर्न पटकपटक सार्वजनिक सूचना तथा पत्राचारमार्फत जानरकारी गराउँदै आएपछि पनि स्थानीय तहले नटेरेको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्ने कार्य नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले स्मरण गराएको छ । 

अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेमा स्थानीय तहको सडकबत्ती र कार्यालयको समेत विद्युत् लाइन काटिने पनि प्राधिकरणले चेतावनी दिएको छ । 

undefined

Advertisement

Advertisement