अमेरिकी लगानी रहेको कम्पनीविरुद्ध विभागद्वारा कर छलीसम्बन्धी हालसम्मकै ठूलो मुद्दा दर्ता

Advertisement

काठमाडौं । राजस्व अनुसन्धान विभागले अमेरिकी लगानी रहेको कोटिभिटी नेपाल प्रालि बिरुद्ध राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपियाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

उच्च अदालत पाटनमा आज विभागले उक्त कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँ बिगो र सोही रकम बराबर जरिबानाको दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Advertisement

एउटै व्यवसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी अभियोग दायर गरिएको यो पहिलोपटक हो ।

कम्पनीले स्वामित्व परिवर्तनका बेला नेपाल सरकारको निकायलाई जानकारी नदिई आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । 

कोटिभिटी नेपाल प्रालि पूर्ण वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो । नेपालमा आधिकारिक प्रतिनिधि भएको कम्पनीलाई सेवा निर्यात गर्दा भ्याट तिर्नुपर्नेमा त्यो नतिरी छली गरिएको विभागको आरोप छ । 
 

Advertisement