आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा  नेपाल ‘ए’ टस हारेर पहिले बलिङ गर्दैछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएका हुन् ।

Advertisement

तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको छ । आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो ।    

नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रुपेश, रिजन, विकास आग्री छन् ।

Advertisement