एसीसी प्रिमियर लिग : नेपाल मलेसियाविरुद्ध मैदानमा उत्रिँदै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ ।

उपाधि दाबेदार नेपाल मलेसियालाई दबाबमा राख्दै  सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

Advertisement

समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टी–२० विश्वकपपछि हुने टी–२० एसिया कप खेल्न पाउनेछ ।

नेपाल र मलेसियाबीच हालसम्म ९ टी–२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् । 

Advertisement