सातौं पटक मकालु आरोहण गरी लाक्पाले राखे अर्को कीर्तिमान

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही लाक्पा शेर्पाले मकालु हिमाल ७औं पटक सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । 

संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले गएको चैत महिनाको २३ गते बेलुकी ४ बजेर ४० मिनेटमा मकालु हिमाल सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । 

Advertisement

शेर्पासहित ८ जनाले विश्वको पाँचौं अग्लो हिमाल मकालुको वसन्त ऋतुको रोप फिक्सिंग र पहिलो आरोहण गरेका हुन् । 

शेर्पाको नेतृत्वमा मकालु हिमालको रोप फिक्सिंग र पहिलो आरोहण गर्नेहरुमा मिङ्मा दोर्ची शेर्पा, मिङ्मा जाङबु शेर्पा, फुरा छिरिङ शेर्पा, ङीमा दोर्ची शेर्पा, पेम नुबु शेर्पा र फुर्वा दोर्ची शेर्पा रहेका थिए । 

उनले यसअघि अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको पनि सफल आरोहण गरेका थिए । हालसम्म सगरमाथा, चोयु, मनास्लु, अमदब्लम, ल्होत्से, मकालु लगायतको हिमालहरुको सफल आरोहण गरीसकेका छन् । 

सन् २०२२ मा मकालु हिमाल १६ दिनमा तीन पटक सफल आरोहण गरी शेर्पाले सबैभन्दा छिटो समयमा मकालु हिमाल तीन पटक सफल आरोहण गरी गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । 

Advertisement