काठमाडौं । आसन्न लगानी सम्मेलनमा सरकारले यातायातसम्बन्धी १९ परियोजना ‘सोकेस’ गर्ने भएको छ । आगामी बैशाख १६ र १७ गते काठमाडौं हुने सम्मेलनमा विभिन्न क्षेत्रका १४८ परियोजना सोकेस हँदैछन्, जसमा यातायातसम्बन्धी १९ छन् ।
लगानी बोर्डका अनुसार १९ वटामा ३ वटा द्रुतमार्गका परियोजना छन् । चितवनदेखि बुटुवलसम्म, चितवनदेखि पोखरासम्म र काठमाडौं (चन्द्रागिरी)देखि चितवनसम्म गरेर तीन द्रुतमार्गलाई लगानी सम्मेलनमा सोकेस गरिनेछ ।
यसैगरि ४ वटा सुरुङमार्ग पनि लगानीका लागि सम्मेलनमा सोकेस गरिनेछ, जसमा मलेखु–लोथर सडक तथा सुरुङमार्ग परियोजना, दाउन्ने सुरुङमार्ग परियोजना, हेम्जा–नयाँ पुल सुरुङमार्ग परियोजना र धरान लेउती सुरुङमार्ग परियोजना छन् ।
यसैगरि, तीन वटा मेट्रोरेल परियोजना पनि सम्मेलनमा सोकेस हुनेछ, जसमा सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक मेट्रोरेल, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट मेट्रोरेल र कोटेश्वर–चावहिल–स्वयभु–कोटेश्वर मेट्रोरेल परियोजना छन् ।
यसैगरि, मिर्चैया–कटारी घुर्मी सडक परियोजना, बेथानचोक नारायणथान दर्शन केवलकार परियोजना, मधेश प्रदेश सार्वजनिक यातायात परियोजना, सुदुरपश्चिम सार्वजनिक यातायात परियोजना, पोखरा पोडवे परियोजना, ईभी फास्ट चार्जिङ स्टेशन परियोजना, काठमाडौं चक्रपथ द्रुत विद्युतीय बस सेवा परियोजना, आधुनिक बर्षपार्क (पोखरा महानगरपालिका) परियोजना र मल्टी लियर भर्टिकल पार्किङ (पाटनढोका, ज्वालाखेल र लामाचौ) परियोजना पनि सम्मेलनमा सोकेस हुनेछन् ।
लगानी सम्मेलनमा सहभागी लगानीकर्ताहरुले यी परियोजनामा लगानी प्रस्ताव गर्न सक्नेछन् । त्यसपछि थप आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुले परियोजना बनाउन सक्नेछन् ।
यी हुन् सम्मेलनमा सोकेस हुने परियोजना
- मलेखु–लोथर सडक तथा सुरुङमार्ग परियोजना
- दाउन्ने सुरुङमार्ग परियोजना
- हेम्जा–नयाँ पुल सुरुङमार्ग परियोजना
- धरान लेउती सुरुङमार्ग परियोजना
- मिर्चैया–कटारी घुर्मी सडक परियोजना
- बेथानचोक नारायणथान दर्शन केवलकार परियोजना
- मधेश प्रदेश सार्वजनिक यातायाता परियोजना
- सुदुर पश्चिम सार्वजनिक यातायात परियोजना
- चितवन–बुटुवल द्रुतमार्ग परियोजना
- पोखरा पोडवे परियोजना
- चितवन–पोखरा दु्रतमार्ग परियोजना
- काठमाडौं–चितवन द्रुतमार्ग परियोजना
- इभी फास्ट चार्जिङ स्टेशन परियोजना
- काठमाडौं चक्रपथ द्रुत विद्युतीय बस सेवा परियोजना
- सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक मेट्रोरेल परियोजना
- किर्तीपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट मेट्रोरेल परियोजना
- कोटेश्वर– चावहील–स्वयभु–कोटेश्वर मेट्रोरेल परियोजना
- आधुनिक बर्षपार्क (पोखरा महानगरपालिका) परियोजना
- मल्टी लियर भर्टीकल पार्किङ (पाटनढोका, ज्वालाखेल र लामाचौ) परियोजना