ओलीलाई देउवाले भने- ‘काँग्रेसलाई गाली गर्ने होइन, मदनको हत्यारा पत्ता लगाउनुस्’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा एमालेद्धारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनँले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न समेत गरे । काँग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाई थियो । 

Advertisement

उनले मदन भण्डारी आफूहरुको पनि नेता भएको उल्लेख गर्दै तर उहाँको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भन्ने मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे ।  दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको उल्लेख गर्दै सभापति देउवाले त्यसमा काँग्रेसले कुनै व्यवधान खडा नगरेको पनि बताए । काँग्रेसलाई गाली गर्नेहरुले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने बताए । 

सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमती र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउ । उनले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भिरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आग्रह गरे । 

Advertisement