एचआईडीसीएलको लिलामी शेयरको बोलपत्र आज खोलिँदै

Advertisement

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को पौने दुई करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (बिहीबार) खोलिने भएको छ ।

कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा खोलिने बताइएको छ । 

Advertisement

कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उप समूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढमार्फत बिक्री नभई बाँकी रहेको एक करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर पुनः लिलामीमा ल्याएको थियो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपियाँमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद गर्न पाउने गरी गत चैत्र २५ गतेदेखि वैशाख ९ गतेसम्म बोलपत्र माग गरेको थियो । उक्त अवधिभित्र परेको बोलपत्र आज खोलिने भएको हो ।

Advertisement