फरवार्ड माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि, अधिकांक सूचक सकारात्मक

Advertisement

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको खुद नाफासहित अधिकांश सूचकांकमा उल्लेख वृद्धि भएको देखिएको छ ।

संस्थाले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवको तुनलामा संस्थाको खुद नाफा बढेको देखिएको छ । 

Advertisement

समीक्षा अवधिमा लघुवित्तले ११ करोड ६५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशत बढी हो । गत आवमा संस्थाले ४ करोड ३६ लाख रुपियाँ कमाएको थियो।

त्यसैगरी, चालू आवको ९ महिनासम्ममा संस्थाको खुद ब्याज आम्दानी ६.१६ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ७.३९ प्रतिशतले घटेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशत र सञ्चालन मुनाफा १८०.०३ प्रतिशतले बढेको छ । 

९ महिनामा संस्थाको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ । साथै, इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपियाँमा सीमित भएको छ । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ९.२१ रुपियाँ बढेर १४.७२ रुपियाँ, मूल्य आम्दानी अनुपात ७६ गुणा र प्रतिशेयर नेटवर्थ २६९.३४ रुपियाँ रहेको छ ।

साथै, संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ६५ लाख रुपियाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ४२.७८ रुपियाँ छ । १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संंस्थाको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपियाँ सञ्चित छ । 

चालू आवको चैत मसान्तसम्म संस्थाले ८ अर्ब ७८ करोड रुपियाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ८२ करोड रुपियाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement