नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट सिरिजको इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

Advertisement

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’बीचको ऐतिहासिक टी–२० क्रिकेट सिरिजमा डिशहोम फाइबरनेट प्रायोजक रहेको छ । 

डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो । नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदै छ । 

Advertisement

नेपाल र वेस्टइन्डिज दुवै टिम आउदो टी २० क्रिकेट विश्वकप खेल्न लागेका पनि यो सिरिज निकै नै महत्वपूर्ण रहेको छ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल शनिवार हुनेछ । 

दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ । सवै खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछन् ।

Advertisement