एकाबिहानै भूकम्पको कडा झडका

Advertisement

काठमाडौंः भर्खरै भूकम्पको कडा झड्का महशुस भएको । बिहान ५ः२२ बजे उक्त झड्का महशुस भएको हो । भूकम्पले हल्लाएपछि घरमा सुतिरहेका सर्वसाधारणहरु सडक र तथा खुल्ला चौरमा निस्किएका थिए । 

अमेरिकी भौगर्भिक मापन केन्द्र यूएसजीएसका अनुसार नाम्चे बजार केन्द्र भई ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । यद्यपि नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्प गएको लामो समयसम्म पनि आफ्नो वेभसाइट अपडेट गर्न सकेको थिएन । 

Advertisement

केन्द्रले भूकम्प गएको आधा घण्टापछि गरेको अपडेटअनुसार रामेछाप र सोलुखुम्बुको सीमानामा ५ः६ रेक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले यसलाई गोर्खा भूकम्प कै पराकम्प भएको जनाएको छ । भूकम्पले क्षति भए नभएको बारे कुनै जानकारी आउन सकेको छैन । 

Advertisement