‘ललितपुर मोवाइल एक्स्पो’को वृहत तयारी, नौ दिने एक्स्पोका यस्ता छन् उपहार योजना

Advertisement

ललितपुरः ललितपुरको केन्द्र भागमा रहेको लगनखेलस्थित ललितपुर मलमा यस बर्ष पनि ललितपुर मोवाइल एक्स्पो आयोजना गरिने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक्स्पो आयोजना गर्न लागेको हो । 

‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ नाराका साथ गर्न लागिएको एक्स्पो यही माघ १४ गतेबाट सुरु हुनेछ भने माघ २२ गतेसम्म सञ्चालन हुनेछ । जोम्पो मोवाइलको प्रायोजनमा हुन लागेको यस एक्स्पोमा उपभोक्ताहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । 

Advertisement

मोवाइल कम्प्लेक्सले नेपाली बजारमा ग्रे मोबाइललाई रोक्न र वैध कारोबारलाई प्रवद्र्धन गर्न सहयोग गर्दै आएको भन्दै कम्प्लेक्समा न्यूनतम एक हजारदेखि एक लाख ४० हजार रुपियाँसम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेको जनाएको छ । 

एक्स्पोमा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसङको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ । 

यसका साथै एप्पलको आइफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षणको केन्द्रमा हुनेछन् । कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । 

उनले भने, “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन् ।” बस्नेतले ग्राहकहरुले मोबाइल खरिद गर्दा गुणस्तर र आधिकारिक बिल भएको मोबाइल मात्र खरिद गर्न पनि सुझाव दिए । 

एक्स्पोमा हरेक ग्राहकहरुलाई पाँचदेखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराइने छ भने माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरिदमा अर्को मोबाइल निःशुल्क प्राप्त गर्न सकिनेछ । त्यसैगरी अन्य स्मार्टफोनहरुको खरिदमा पावर ब्यांक, सेल्फी स्टीक, ब्लूटूथ स्पीकर उपहारमा प्राप्त गर्न सक्नेछन् ।

यस अवधिमा पाँच करोड रुपियाँभन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ । ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा छन् ।

Advertisement

Advertisement