एनआइसी एसियाको नयाँ शाखा मुगुको गमगढिमा

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा सञ्चालनमा आएको छ । सोमबार आयोजित समारोहका बीच उक्त नगरपालिकाका मेयर हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्रबहादुर मल्लले संयुक्तरुपमा उदघाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको नेपालभर ११५ शाखा कार्यालय संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement