आजको मौसम : बागमतीसहित यी प्रदेशमा हावाहुरी र वर्षा हुने
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

Advertisement

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

त्यस्तै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

राति भने देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement