कोरियन भाषा परीक्षाको नतिजा बुधबार सार्वजनिक हुने

Advertisement

काठमाडौँ: रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ महिनामा लिइएको कोरियन भाषा परीक्षाको नतिजा बुधबार सार्वजनिक हुने भएको छ ।

सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर भोलि बुधबार नतिजा प्रकाशित गर्न लागेको इपिएस कोरिया शाखाले जनाएको छ ।

यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष थिए। यी मध्ये ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए। त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको इपिएस कोरिया शाखाले जनाएको छ ।

ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको नतिजा हेर्न सकिने छ ।

 

Advertisement

Advertisement

Advertisement