तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बन्ने

Advertisement

काठमाडौँः शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ ।

स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उन्ले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए । उनले यसै आर्थिक वर्षदेखि पुस्तकालय बनाउने काम शुरु गर्ने बताए ।

उन्का अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ । जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement