भोलिदेखि काठमाडौं यी स्थानमा ६ घण्टासम्म बिजुली नहुने

Advertisement

काठमाडौं । भोलिदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गरेर मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार सो कार्यका लागि १५ र १७ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, १८ गते भने बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म बिजुली जानेछ । 

undefined

Advertisement