पोखरामा पहिलो पटक माछापुच्छ्रे क्रिकेट लिग हुने

Advertisement

काठमाडौंः आगामी मंगलबारदेखि पोखरामा माछापुच्छ्रे क्रिकेट लिग(एमसिएल)को पहिलो संस्करण सुरु हुँदैछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ भने शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

खुकुरी इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता पोखरा र त्यस क्षेत्रका स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताइएको छ ।

लिग चरणमा शीर्ष र दोस्रो हुने टोलीबीचको बिजेता सिधै फाइनलमा पुग्नेछन् भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता पोखराको नदीपुरस्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताका लागि अक्सनमार्फत ९६ खेलाडीको छनौट गरिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा युवा राष्ट्रिय टोलीका खेलाडीहरु समावेश छैनन् ।

प्रतियोगिताको बिजेता टिमले ३ लाख पुरस्कार पाउनेछन् भने उपबिजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता उत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट बलर र व्यट्सम्यानले १०र१० हजार पुरस्कार पाउनेछन् । हरेक खेलका म्यान अफ द म्याचले प्रोत्साहनस्वरुप २ हजार पुरस्कार पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement