एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालको विजय सुरु, थाइल्याण्ड २५५ रनले पराजित

Advertisement

काठमाडौंः मलेशियामा जारि एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले विजय यात्रा सुरु गरेको छ । आफ्नो पहिलो खेलमा थाइल्याण्डविरुद्द फराकिलो जित हात पार्दै विजय सुरु गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर थाइल्याण्डसामु २८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले थाइल्यान्डलाई दुई सय ५५ रनले हराएको हो । मलेसियाको क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि कमजोर मानिएको थाइल्याण्ड १० ओभरमा २६ रनमा समेटियो। थाइल्याण्डलाई रोक्ने क्रममा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै ६ रन खर्चिएर सार्वाधिक ७ विकेट लिए । थप तीन विकेट कप्तान दीपेन्द्र सिंह ऐरी, नन्दन यादव र किशोर महतोले लिए ।

नेपालका लागि अनिलकुमारले उत्कृष्ट खेल प्रर्दशन गर्दै ७४ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ९१ रन बनाएका थिए । यस्तै प्रनित थापा मगरले ६१ बलमा तीन चौका र एक छक्कासहित ५० रन बनाउदै नेपालको स्कोर अझ मजबुद बनाएका थिए ।

आइतबारदेखि मलेसियामा सुरू भएको प्रतियोगितामा नेपाल समूह एमा छ । नेपालसँगै समुह एमा नेपालसहित भुटान, थाइल्याण्ड र सिङगापुर छन् ।

Advertisement

Advertisement

Advertisement