नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस शेयर दिने, साधारण सभा कार्तिक ७ गते

Advertisement

काठमाडौ: नेपाल इन्भेष्टमेन्ट बैंकको ३१ औं साधारण सभा कार्तिक ७ गतेको लागि बोलाइएको छ। बैंकद्वारा प्रेषित सुचनामा बैंकले यस साधारण सभाले चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश गर्ने भएको छ ।

बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव पनि साधारण सभामा लगिने जनाएको छ ।

बैंकको प्रवन्धपत्र तथा नियमावलीको विभिन्न दफा तथा नियममा रहेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३’ लाई संशोधन गरी ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ राख्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुने भएको छ । बैंकको बुक क्लोज असोज १८ गते हुनेछ । अर्थात असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन ।

साधारण सभा काठमाडौँको राष्ट्रिय सभा गृहमा हुने भएको छ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ११ करोड ४१ लाख ३१ हजार रुपियाँ खुद नाफा कमाएको छ । इन्भेष्टमेन्टको शेयर पुँजी १० अर्ब ६२ करोड ६४ लाख ३५ हजार रुपियाँ छ । हाल बैंकको प्रतिशेयर आम्दानी ३४ रुपियाँ २० पैसा र प्रतिशेयर नेटवर्थ २२७ रुपियाँ ४९ पैसा छ ।

Advertisement

Advertisement

Advertisement