उदयपुरमा सुमो दुर्घटना हुँदा आठको मृत्यु, तीन घाइते

Advertisement

काठमाडौंः गुल्मीमा माइक्रो बस दुर्घटनाको समाचार आउनासाथै उदयपुरमा सुमो जीप दुर्घटनाको अर्को दुखद समाचार आएको छ । सुमो दुर्घटनामा आठ जनाको मृत्यु भएको र तीन जना घाइते छन् ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो । ठाँटीस्थित भीरबाट तीन सय मिटर तल सुमो खसेको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । प्रहरी घटनास्थल पुगेर उद्दार कार्यमा लागेको समाचार छ ।

Advertisement

Advertisement

Advertisement