आउँदो आर्थिक वर्षदेखि 'प्रोजेक्ट बैंक' ल्याइने

Advertisement

काठमाडौँ: पुँजीगत खर्च व्यवस्थित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि प्रोजेक्ट बैंक स्थापना गर्ने भएको छ ।

अर्थ सचिव शंकर प्रसाद अधिकारीका अनुसार लगानी गर्न योग्य देखिएका परियोजनाहरुलाई मात्रै बजेट विनियोजन गर्न सजिलोको लागि यस्ता गर्न लागिएको हो ।

लगानी गर्न अयोग्य देखिएका र ठहरिएका परियोजनामा बजेट विनियोजन नहुने पनि उनले स्पष्ट पारे।
यो प्रोजेक्ट बैंकको अवधारणले पुँजीगत खर्च बृद्दी गर्न सहयोग पुर्याउने अपेक्षा अर्थ मन्त्रालयले गरेको छ ।

स्रोत नभएको कारण संघीयता कार्यन्वयन गर्न जटिल भएकोले पनि प्रोजेक्ट बैंक स्थापना जरुरी परेको सचिव अधिकारीको भनाइ छ ।

Advertisement

Advertisement