विवादित गुठी विधेयक सरकारले फेरि छिट्टै ल्याउने, स्थायी समाधान खोज्छौंः मन्त्री अधिकारी

Advertisement

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी बिधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । 

गुठी बिधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलीपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा उक्त विवादित विधेयक फेरि ल्याउन लागिएको खुलासा गरेका हुन् । 

Advertisement

पूराना कानुनमा भएका राम्रा कुरा अंगिकार गदैं परिवर्तित समय र सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक फेरि ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको अधिकारीको तर्क छ । गुठी जग्गा जमिनको बिषय मात्र नभएर काठमाडौं उपत्यकाको हकमा नेवा समुदाय र अन्य देशभर आ—आफनो परम्परा र संस्कृतिसँग गुठी जोडिएकाले यसको स्थायी समाधान खोजिरहेको उनले दावी गरे । 

मन्त्री अधिकारीले तत्कालका समस्या र दिर्घकालमा आइपर्ने समस्या समाधानका लागि सबै सरोकारवालासँग छलफल गरेर मस्यौदा लिएर आउन मन्त्री अधिकारीले निर्देशन दिए । 

कार्यक्रममा मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले एकीकृत गुठी बिधेयकले सबैको भावना समेट्ने विश्वास लिए । कार्यदलले सम्वन्धित सरोकारवालासँग छलफल गरेर लिखित, मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने बताए । 

गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले २०७५ सालमा नेवा समुदायले गरेको गुठी आन्दोलनको मर्म र भावना अनुसार काम गर्ने र बढि भन्दा बढि सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको बताए । 


कार्यक्रमका सहभागी वक्ताहरुले गुठी संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउँदै काठमाडौं उपत्यकाको गुठी र काठमाडौं बाहिरको गुठीका बारेमा सरकारले फरक रुपमा लिनुपर्ने बताएका थिए ।

Advertisement