एसिया कप खेल्न नेपाली यु-१९ क्रिकेट टोली मलेसियामा

Advertisement

काठमाडौंः एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा मलेयिामा हुने एसीसी यु-१९ एसिया क्रिकेट प्रतियोगितमा सहभागी हुनको लागि नेपाल मलेसिया पुगेको छ ।

१५ जना खेलाडीक साथ नेपाली टोली बुधबार बिहान मलेसिया उत्रिएको हो । दिपेन्द्र सिंह ऐरीको नेत्तृत्वमा रहेको टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा गएर तीन अभ्यास खेलमा सहभागी भएको थियो । नेपालले खेलेका तीनमध्ये एकमा जित र दुईमा पराजीत भएको थियो ।

मलेसियामा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले शनिबार बंगलादेशको सामना गर्नेछ । साथै नेपालले आफ्नो अन्य खेलमा भारतसँग आइतबार र मलेसियासँग मंगलबार प्रतिसपर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement