लालीगुराँस सहकारीका कार्यकारी निर्देशक भण्डारीको घरको गेटमा बम, सेनाले गर्यो निष्क्रिय

Advertisement

ललितपरः पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको भैंसेपाटीस्थित घरको गेटमा बम फेला परेको छ । बम फेला परेलगत्तै घरका सदस्यले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

प्रहरीले बम भएको थाहा पाएपछि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको र सेनाको टोली आएर बम डिस्पोज गरेको भण्डारीले बताए । बम आतंक मच्चाउने समूहले व्यक्तिको घरमा समेत आतंक मच्चाउन सुरु गरेको उनले बताए ।

निर्वाचनलाई लक्षित गरी मतदाता र उम्मेदवारहरुलाई आतंकित पार्न बम आतंक मच्चाइएको बेला सर्वसाधारण व्यक्तिको घरमा समेत बम राख्न सुरु गरिएको हो । प्रहरीले घटनामा संलग्नको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement