सुन तस्करीमा मुछिएका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका र प्रहरीको फरार सुचीमा रहेका व्यवसायी जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।

नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालिन उच्च अधिकृतहरुले रकम माग गरेको खुलासा गरेर चलाउने चर्चामा आएका थिए । 

Advertisement

त्रिभुवन विमानस्थलमा ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी अवैध सुन तस्करी भएको घटनामा उनी पनि जोडिएका थिए । सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको प्रहरीको भनाई छ । सीआईबीले पक्राउ परेर पनि छाडिएका उनी अहिले फरार छन् ।  

यस प्रकरणको पहिला राजश्व अनुसन्धान विभाग र पछि सीआईबीले छानविन गरेको थियो । पहिला एक क्विन्टलभन्दा बढी सुन पक्राउ परेको भनिए पनि खारेर जोख्दा ६० किलोभन केही बढी मात्रै यकिन गरिएको थियो । यस प्रहरणमा सीआईबीले जीवन चलाउनेसहित २९ जनालाई प्रतिवादी बनाएर सुन चोरी पैठारी र संगठित अपराधमा मुद्दा दर्ता गरेको छ । सुन तस्करीको थप छानबिन गर्न भन्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्षतामा बनाइएको समितिले पनि उनलाई दोषी औंल्याएको थियो । 

Advertisement

Advertisement