आज मध्यरातीदेखि भोलि बेलुका ७ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रोक

Advertisement

काठमाडौ: दोस्रो चरणको निर्वाचन सुरक्षालाई ध्यान दिंदै भोलि निर्वाचन हुने ४५ जिल्लामा बुधबार राती १२ बजेदेखि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

गृह मन्त्रालयका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आज राती १२ बजे देखि भोली बेलुका ७ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि सवारी साधन पास लिएका तथा अत्यावश्यक सेवाका दमकल, एम्बुलेन्स, शव वाहान, अस्पताल सेवा, दुरसञ्चार सेवा, खानेपानी तथा दुध बोक्ने सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ ।

निर्वाचन हुने जिल्ला हुँदै अन्य जिल्ला जाने सवारी साधन समेत सञ्चालन नहुने भएकाले यात्रुहरुलाई मंसिर २० गते राती १२ बजे भन्दा पहिले नै गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement

Advertisement