काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई २३.८ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७०.९२ कायम गरिएको छ । यसअघि रु. ५८३ थियो ।
समायोजन गरिएको मूल्यबाट बिहीबारदेखि नै कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।