नेप्सेमा यो साता ४८ अंकको भारी गिरावट, सबैभन्दा ठूलो चोट बिमा कम्पनीका लगानीकर्तालाई

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से यो साता ४८ अंकले घटेर एक हजार ४७२ दशमलव १५ अंक कायम भएको छ । अघिल्ला दुई सातादेखि घट्दै आएको नेप्सेमा यो साता भारी गिरावट आएको छ भने कारोबार रकम ११.९२ अंकले घटेर दुई अर्ब ५७ करोड रुपियाँमा सीमिति भएको छ ।
समूहगत कारोबारमा हेर्दा बाणिज्य बैंक समूह ३७ दशमलव ७८ अंकले, विकास बैंक ६४ दशमलव ३५ अंकले, वित्त ११ दशमलव १६ अंकले, लघुवित्त ६३ दशमलव ४० अंकले, होटल २९ दशमलव ५८ अंकले, जलविद्युत ६६ दशमलव ७७ अंकले, बिमा २९४ दशमलव ४ अंकले, व्यापार ६ दशमलव २४ अंकले र अन्य समूह ५२ दशमलव ९२ अंकले घटेको छ भने एउटा मात्रै उत्पादनमूलक समूह भने १८ दशमलव ५२ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव १३ अंकले घटेर ३०९.९४ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (२० करोड ५० लाख ३० हजार रुपियाँ)को आधारमा नेपाल दुरसंचार कम्पनी अग्रस्थान छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ५९ हजार कित्ता)को आधारमा नेपाल ग्रामीण विकास बैंक संस्थापक अग्रस्थानमा छ भने कारोबार संख्या (एक हजार ७०७ वटा)को आधारमा नेपाल ग्रामीण विकास बैंक नै अग्रस्थानमा छ ।

त्यस्तै, नेप्सेमा यो साता एनआइसी एसिया बैंकको एक करोड ३३ लाख ८५ हजार १९५ कित्ता बोनस सेयर, अरुण फाइनान्सको १५ लाख कित्ता हकप्रद सेयर, प्रभु इन्स्योरेन्सको ११ लाख आठ हजार ७४५ दशमलव ३९ कित्ता बोनस सेयर, सप्तकोशी डेभलपमेन्ट बैंकको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर र नागरिक लगानी कोषको १३ लाख २७ हजार ६४८ दशमलव ७३ कित्ता बोनस सेयर सुचीकृति भए ।

गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नजिता आएसँगै सेयर बजार घट्न सुरु भएकाले धेरैलाई धेरैले वामअर्थतन्त्रप्रति लगानीकर्ताहरुको अविश्वास र आशंकाको रुपमा लिएका छन् । एमाले र माओवादी केन्द्रको वामगठवन्धनले यस निर्वाचनमा बहुमत ल्याएर बनाउने बनाउने तयारीमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement