अमेरिकाले राष्ट्रसंघलाई दिंदै आएको २८५ मिलियन डलर सहयोगमा कटौति

Advertisement

काठमाडौंः जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गरेपछि एक्लिएको अमेरिकाले आफ्नो पक्षमा मतदान नगरे सहयोगमा कटौति गर्ने घोषणा गरेको थियो । सोहि क्रममा अमेरिकाले राष्ट्रसंघलाई दिँदै आएको बजेट कटौतीको घोषणा गरेको छ ।

अमेरिकी उक्त निर्णयविरुद्ध आएको एउटा प्रस्तावमा राष्ट्रसंघमा भएको मतदानमा अमेरिका विरुद्ध मत खसेको थियो । राष्ट्रसंघमा मतदान हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावको पक्षमा मतदान गरे सहयोग रोक्ने चेतावनी दिएका थिए ।

अमेरिकाले राष्ट्रसंघलाई दिइने सन् २०१८/१९ को बजेटमा २८५ मिलियन डलर कटौती गर्ने जानकारी दिएको छ । साथै, राष्ट्रसंघको व्यवस्थापन र सहयोगी मिसनमा पनि कटौती हुने बताइएको छ ।

राष्ट्रसंघले चाहिएभन्दा बढी खर्च गर्ने गरेको र अमेरिकी जनताको सदासयताको फाइदा उठाउन नदिइने बताइएको छ । यद्यपि अमेरिकाले राष्ट्रसंघलाई दिने कुल बजेटबारे केही बताएको छैन ।

Advertisement

Advertisement

Advertisement