मनकामना मन्दिरको छानामा १८ किलो सुन !

Advertisement

काठमाडौंः २०७२ वौशाख १२ गते आएको महाभुकम्पमा क्षति भएको चार सय वर्ष पुरानो मनकामना मन्दिरलाई भत्कायर पु्नः निर्माण भइरहेको छ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको हो ।

मनकामना जीर्णोद्धार समितिका सचिव प्रमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदण्डअनुसारनै मन्दिरको छानामा राखिने तामाको पातामा सुनको जलप लगाउने काम शुरु भएको बताए । उनका अनुसार लगाइएको जलप धेरुै बर्षसम्म टिक्ने छ ।

श्रेष्ठका अनुसार एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाइरहेको र पाटनबाट आएका १२ जना कालीगढले तामाको पातामा सुनको जलप लगाइरहेका छन् ।

जलप लगाउनको लागि समितिले साढे सात किलो सुन खरिद गरिसकेको छ । जलपलाई दीर्घकालीन रुपमा टिकाउनका लागि कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्नेछ । लगाइएको उक्त जलप कम्तीमा एक सय वर्ष पहेँलो रहने र पानीले नबिगार्ने पनि परेवाको विष्टीले भने बिगार्ने बताइएको छ ।

अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेको र जलप लगाएका पाताहरु सुरक्षित तरिकाले राखिएको श्रेष्ठले बताए । मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेकोमा आवश्यक पर्ने पाता काठमाडौंका सुन्दरकृष्ण शाहीले दान दिएका छन् ।

पुनःनिर्माण गर्दा अहिलेसम्म आठ करोड रुपियाँ खर्च भइसकेको छ । मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार पुनःनिर्माणमा चाहिने एक लाख २५ हजार वटा इँटा काठमाडौँका हिराकाजी महर्जनले दान गरेका हुन् ।

अध्यक्ष श्रेष्ठका अुनसार टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध नभएको र निर्वाचनका कारण पुनःनिर्माणमा ढिलाइ भएको स्वीकार गर्दै आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको काम सम्पन्न गरिने बताए ।

पुनःनिर्माणका लागि सरकारले आव २०६७/६८ मा दिएको एक करोडमध्ये ५६ लाख रुपियाँले सुन खरिद गरेको समितिले ४४ लाख रुपियाँले काठ खरिद गरेको थियो । यस्तै आव २०६९/७० मा सरकारले दिएको तीन करोड रुपियाँले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले सरकारले पुनः निर्माणको लागि जिन्सी दिएको र भक्तजनबाट करिब छ करोड रुपियाँ संकलन भएको बताए । पुनःनिर्माणका लागि बजेट करिब पुग्ने बताउँदै समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement