जनादेशलाई दराजमा थन्काउन पाइँदैन- नेम्वाङ

Advertisement

काठमाडौँ: नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताएका छन् ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उनले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गरे ।

“अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निष्कर्षमा पु¥याउने काम गर्नुपर्छ”, उनले भने, “लोकतान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन भएपछि मत परिमाण सार्वजनिक गर्नुपर्दछ ।”

पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाए । उनले सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताए । “जिम्मेवारी पूरा गर्ने ठाउँमा बस्न रहर गर्ने तर बसिसकेपछि त्यो जिम्मेवार पूरा नगर्ने काम हुनुहुँदैन”, उने थपे, “कि जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कुर्सी छोड्नुप¥यो ।”

प्रदेश सांसदलाई प्रदेश मुकाममा नभएर काठमाडौँमा नै शपथ खुवाउने काम सरकारले गरिरहेको भन्दै त्यसले सम्बन्धित प्रदेशका सांसद र जनताको भावनाविपरीत हुने तर्क गरे । नेता नेम्वाङले प्रतिनिधिसभा अगाडि राष्ट्रियसभा गठन भए संघीय संसद्मा महिलाको ३३ प्रतिशत नपुग्ने जिकिर पनि गरे ।

Advertisement

Advertisement

Advertisement