स्पर्श लघुवित्तको दुई लाख ४०  हजार कित्ता साधारण सेयर जारी हुने

Advertisement

काठमाडौं: स्पर्श लघुवित्त वित्तीय संस्थाले दुई करोड ४० लाख रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।

कम्पनीको दुई लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने विशेष प्रस्तावलाई पुस २१ गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।

स्पर्शले जारी पुँजीको ३० प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको हो ।

सभाले संस्थापक तर्फबाट तीन जना सञ्चालकलाई निर्वाचित गरेको छ । जनता बैंक, टुरिजम डेभलपमेन्ट बैंक र ७५ जना व्यवसायिक व्यक्तित्वले प्रवद्र्धन गरेको वित्तीय संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३४ सय सदस्यहरुलाई ११ करोड रुपियाँ कर्जा लगानी गरेको छ भने करीब १ करोड ६० लाख रुपियाँ निक्षेप संकलन गरेको छ ।

संस्थाको १० करोड रुपियाँ अधिकृत पुँजी रहेको छ भने हाल चुक्ता पुँजी पाँच करोड ६० लाख छ । आइपिओ जारी भएपछी पुँजी ८ करोड रुपियाँ पुग्नेछ ।

पोखरालेखनाथ महानगरपालिकास्थित विजयपुरमा यसको केन्द्रीय कार्यालय रहेको छ ।

Advertisement

Advertisement

Advertisement