हुस्सुका कारण बसहरु ठोक्किदा २० जना घाइते, चालकहरुको खुट्टा भाँचियो

Advertisement

धनगढीः कैलालीको टीकापुरबाट धनगढीतर्फ आइरहेको ना ४ ख ५१३२ नम्बरको बस र महेन्द्रनगरबाट नारायणघाटका लागि छुटेको ना ७ ख २२६ नम्बरको बस लम्कीमा जुध्दा २० जना घाइते भएका छन्।

सुदूरपश्चिम यातायात र नारायणी यातायातका ती दुई बसहरु शनिबार बिहान ८ बजे एकापसमा ठोक्किँदा अगाडिको भाग क्षतिग्रस्त हुनुका साथै चालक यात्रुहरु घाइते भएका हुन । ठक्करबाट ना ४ ख ५१३२ नम्बरका चालक दिनेश बोहरा, ना ७ ख २२६ नम्बर बसका चालक प्रेम श्रेष्ठ, यात्रुहरु गौतम थारु, दिप प्रभात र रञ्जु खडका गम्भीर घाइते भएको समाचार छ ।

बिहान बाक्लो हुस्सुको कारण भिजिबिलिटी नहुँदा उक्त दुर्घटना भएको जनाइएको छ । घटनामा गम्भीर घाइतेलाई कोहलपुर मेडिकल कलेज पठाइएको र अन्यको स्थानीयस्तरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लम्कीका प्रहरी नायव निरीक्षक जनकबहादुर सिहका अनुसार दुबै बसका चालकहरुको खुट्टा भाचिएको छ । तराईमा केही दिनदेखि लगातार
लाग्दै आएको हुस्सुले जनजीवन प्रभावित हुनुका साथै राजमार्गमा दुर्घटनासमेत बढेको छ ।

Advertisement

Advertisement

Advertisement