कपडा पसलमा आगलागी हुँदा ४० लाख रुपियाँको क्षति

Advertisement

विराटनगरः विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब ४० लाख रुपियाँ बराबरको धनमाल क्षति भएको छ ।

विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।

आज बिहान ५ बजेतिर आगलागी भएकोे र आगोलागीमा परी अनुमानित ४० लाख रुपियाँ मूल्य बराबरको धनमाल क्षति भएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताए ।

वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । आगलागीको कारण र क्षतिको विवरणको विवरणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement