प्रचण्ड र सुमार्गीबीच सम्वन्ध नभएको पम्फाको दाबी, सुमार्गीको सम्पत्ति छानविन गर्न आग्रह

Advertisement

काठमाडौंः माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले व्यवसायी अजय सुमार्गीको आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै विशेष सम्बन्ध नभएको दावी गरेकी छन् ।

सुमार्गी प्रचण्डको एकाउन्टेन्ट भएको माओवादी द्धन्द्धकालमा लुटिएको अबौं रुपियाँ सुमार्गीमार्फत प्रचण्डले अन्य मुलुकहरुमा लुकाएको आरोप लाग्दै आएको बेला रिपोर्टर्स क्लवमा बिहीबार पम्फाले भनिन्, ‘हामीले जानेको के हो भने सुमार्गी व्यवसायी हो, त्यो भन्दा बेसी यो देशका नागरिकसँग राजनीतिक पार्टीहरुको अथवा हाम्रो पार्टीको जे सम्बन्ध हुन्छ, त्यति छ, त्यो भन्दा बढि सुमार्गीसँग विशेष सम्बन्ध छैन् ।’

उनले प्रचण्डको सरंक्षणमा सुमार्गी रहेको भन्ने आरोपको खण्डन गर्दै भनिन्, ‘यो विल्कुलै भ्रमपूर्ण प्रचार हो, दुई मिडिया हाउस, दुई व्यवसायिक मान्छेहरुका बीचको बहस अहिले बजारमा छ, मैले पनि तपाईहरुका मिडियामार्फत आएका समाचारहरु पढ्छु, दुई वटा व्यवसायीहरुको लेनदेनको या प्रतिष्पर्धाको (स्वस्थ या अस्वस्थ) सम्बन्ध रहेर हाम्रो पार्टीको अध्यक्षसँग जोड्नु कुनै सान्दर्भिक पनि छैन र, अहिले चलेको बहसमा हाम्रो पार्टी र नेतृत्वको कुनै भूमिका छैन् ।’

पम्फाले दुई मिडिया मालिक अजेयराज सुमार्गी र कैलाश सिरोहियाबीच अहिले चलेको बहस विल्कुल उनीहरुको बीचमा चलेको स्पष्ट पारिन् । सुमार्गीलाई त तपाईको पार्टीको सरंक्षण छ अरे नि त ? भन्ने प्रश्नमा भुषालले खण्डन गर्दै भनिन्, ‘दुई व्यवसायिक घराना, दुई व्यवसायिक व्यक्तित्व, अथवा दुवै मिडिया होल्डरहरुसँगको बहस तपाईले कहाँ सुन्नुभएको छ ? कसको बारेमा सुन्नु भएको छ ? कसको संरक्षणमा चलेको भनेर कहाँ सुन्नुभएको छ ? विल्कुल उहाँहरुको चलेको छ ।’

उनले दुई घरानाबीच स्वस्थ सम्बन्ध बनाउन समेत सुझाव दिइन् । पम्फाले भनिन् ‘स्वस्थ ढंगले, मर्यादित ढंगले, देशको कानूनी ढंगले जसले जसलाई पालना गर्छ गर्नुहोस्, स्वस्थ सम्बन्ध बनाउनुहोस्, यत्ति कामना गर्छौं’–उनले भनिन् ।
सुमार्गीको धन अवैध हो भने राज्यले छानबिन गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘अवैध धन हो भने राज्य छ नि त, छानविन गरेर त्यसको निक्र्यौल गर्नुपर्छ, अहिले त हाम्रो पार्टी सरकारमा छैन, सम्पत्ति शुद्धिकरण अरु लिगल के–के छ ? त्यो पाटो त राज्य छ नि त, राज्यका संरचनाहरु छन्, उनीहरुले सत्यतथ्य बाहिर ल्याए हुन्छ, अहिले मिडियाले मात्रै ल्याएको छ, अब राज्यले बाहिर ल्याओस्, यतिमात्रै हो ।’ पम्फाको प्रतिक्रियाले सुमार्गी र प्रचण्डबीच पछिल्लो समयमा आर्थिक विवाद रहेको हुनसक्ने संकेत देखिएको छ ।

Advertisement

Advertisement