झापाको झिलझिलेमा एनआईसी एसिया बैंकको १५७ औं शाखा सञ्चालनमा

Advertisement

काठमाडौंः झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा एनआइसी एसिया बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झपाको झिलझिलेमा आफ्नो एक सय ५७ औं शाखा सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरे । बैंकले नयाँ शाखा सहित एक सय ४६ एटिएम, चार एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

अन्य सम्भावित बजार क्षेत्रहरुमा समेत सेवा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न स्थानहरुमा पनि चाँडै शाखा सञ्चालनमा ल्याउने योजना बनाइको बैंकले जनाएको छ ।

Advertisement

Advertisement