एलआइसी नेपालको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

Advertisement

काठमाडौंः लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने जस्ता कामहरुका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबाट शेयर रजिष्ट्रारको सेवा उपलब्ध गराइने भएको छ ।

बिहीबार सो सम्वन्धी सम्झौतामा सम्झौता भएको हो । सझौतापत्रमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका प्रबन्ध संचालक रमेश घिमिरे र एलआईसी नेपालका प्रबन्ध सञ्चालक अभिजीत घोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । नेपाल एसबिआई मर्चेण्ट बैकिङले विगत एक वर्षदेखि मर्चेण्ट बैकिङ व्यवसाय गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement