चार लाख घुससहित मालपोतका शाखा अधिकृत समातिए

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईंलाई चार लाख रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदम पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई सोमबार शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो । एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ ।
–––

Advertisement

Advertisement

Advertisement