प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगिता अर्को साता

Advertisement

काठमाडौंः आगामी फाल्गुन २४ र २५ गते ललितपुरमा प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगिता हुने भएको छ । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको तयारी पुरा भएको र १० टोली सहभागीता हुने जनाएको हो ।

प्रतियोगितामा प्रथम हुने पुरुष तथा महिला टिमलाई समान २० हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, दोश्रो हुने टिमलाई १५ हजार तथा तेस्रो हुने टिमलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तैबेष्ट फाइटर महिला तथा पुरुष खेलाडीलाइ समान पाँच हजार र पुम्सेतर्फ उत्कृष्ठ महिला तथा पुरुषलाई समान पाँच हजार प्रदान गरिने नेपाल शाखाका अध्यक्ष केशव थापाले बताए ।

प्रतियोगितामा आयोजकको समूह ए र समूह बी, इसिडिसी, द नाम्स तथा माईति नेपालको सहभागीता रहने छ भने मनमैजु तेक्वाण्डो डोजाङ, यति तेक्वाण्डो, ओम तेक्वाण्डो, होलि गार्डेन भक्तपुर र यु जावलाखेल तेक्वाण्डोबिच प्रतिष्पर्धा हुनेछ ।

सबै प्रतियोगिता ललितपुरको भैसिपाटी स्थीत गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा हुन आयोजकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement