इपीएस कोरीयन भाषा परीक्षा जेठ २६ र २७ गते, सात हजार एक सयजना जान पाउने

Advertisement

काठमाडौं: इपीएस कोरीयन भाषा परीक्षा आगामी जेठ २६ र २७ गतेका लागी तय भएको छ । इपीएस कार्यालय ग्वार्कोले विहिबार एक सूचना जारी गर्दै यस वर्ष भाषा परीक्षा पास गर्ने सात हजार एक सय कोरीया जान पाउने छन् ।

परीक्षार्थी मध्यबाट उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।

भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।

जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ ।

आवेदनका दिनका लागि इपिएस कार्यालयले भयभचक।भउकलभउब।िनयख।लउ साइट सञ्चालनमा ल्याउने पनि जनाएको छ ।

Advertisement

Advertisement

Advertisement