प्लाष्टिक जन्य उद्योग बन्द गर्ने लालबाबुको घोषणा

Advertisement

काठमाडौंः जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरण प्रदुषण मुक्त बनाउनलाई प्लाष्टिकका उद्योग बन्द गर्ने बताएका छन् । उनले वातावरणलाई स्वच्छ पार्न प्लाष्टिकका झोलाको उत्पादन तथा बिक्री वितरण बन्द गर्ने बताएका हुन ।

मन्त्रालय पुगेका चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीसँग भएको भेटका क्रममा मन्त्री पण्डितले प्लाष्टिकका उद्योग बन्द गर्ने बताएका हुन । भेटमा उनले वातावरण स्वच्छ राख्न उच्च गुणस्तरीय डिजेल, पेट्रोल हुनुपर्ने तथा सडक निर्माण गुणस्तरीय हुनुपर्ने बताएका छन् ।

साथै, उनले भेटमा २० वर्षभन्दा पुराना भाडाका तथा निजी र सरकारी गाडी बिस्थापन गर्ने विषयमा पनि छलफल गरेका थिए । उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे चर्चा गर्दै धुँवा धुलोका कारण काठमाडौमा पैदल यात्रा गर्न समेत कठिनाइ भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको बताए । यसको दीर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement