नयाँ वर्षका लागि टिभीएसले ल्यायो ‘बर्षको सुरुवात, जीवन भरको साथ’ योजना

Advertisement

काठमाडौंः टिभीएस मोटरसाइकलले आफ्ना ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । केहि समय अगाडि मात्रै ‘साथ छ हाम्रो’ क्याम्पियन सम्पन्न गरेको टिभीएसले ‘बर्षको सुरुवात, जीवन भरको साथ’ योजना सञ्चालनमा ल्याएको हो ।

सार्वजनिक गरिएको योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटर साइकल तथा स्कुटरको खरिदमा आठ हजार एक रुपियाँ तुरुन्त प्राप्त गर्न सकिने छ । योजना अन्तर्गत टिभीएसको कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुम बाट योजनाको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालीहरुको नयाँ वर्ष २०७५ मा ग्राहकको सम्मानसहित उपहार स्वरुप आठ हजार एक रुपियाँ प्रदान गर्न लागिएको कम्पनीका बजार प्रमुख बिक्रम पौडेलले जानकारी दिए । सञ्चालनमा ल्याइएको योजना आगामी केहि महिनासम्म उपलब्ध रहने छ ।

Advertisement

Advertisement

Advertisement