महिलाहरुको पहिलो रोजाइमा टाटा टियागो ईभी

Advertisement

काठमाडौं । टाटा मोटर्सको टाटा टियागो ईभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ । 

आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठूलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङ्गका लागि सहज हुने, सीटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरणमैत्री भएकाकारण पनि यो गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको कम्पनीको विश्लेषण छ । 

Advertisement

टाटा ईभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरु यसमा आकर्षित भएका हुन । टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको भन्दै सिप्रदीले टियागो ईभीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक रहेको बताएको छ । 

दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement