विश्व फुटबलका शक्ती राष्ट्रहरु आपसमा मैत्री खेल खेल्दै

Advertisement

एजेन्सीः विश्व फुटबलका महाशक्तीहरुबीच आज राति मैत्री पुर्ण फुटबल खेल हुँदैछ । विश्वकप प्रतियोगिता आउन तीन महिना मात्र बाँकी रहेको अवस्थामा फुटबलका हस्तीहरु अन्तर्राष्ट्रिय अभ्यासको लागि आपसमा भिड्न लागेका हुन् ।

खेल अन्तर्गत आज राति जर्मनी र स्पेन आपसमा भिड्दै छन् । यस्तै अर्जेन्टिना र इटाली, ब्राजिल र रुस, इंग्ल्याण्ड र नेदरल्याण्ड्स, फ्रान्स र कोलम्बिया पनि एक आपसमा भिड्न लागेका हुन् ।

एसियाली राष्ट्र जापान र माली, पोर्चुगल र ईजिप्ट तथा रिपब्लिक अफ आयरल्याण्ड्स पनि आपसमा भिड्ने छन् ।

Advertisement

Advertisement

Advertisement