दोस्रो जितसँगै काठमाडौं डीपीएलको र्शीष स्थानमा

Advertisement

धनगढीः दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंले आफ्नो दोस्रो खेलमा रुपेन्देही च्यालेन्र्जसलाई ६३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

लगातार दोस्रो जित निकालेपछि काठमाडौं लिगमा चार अंकका साथ र्शीष स्थानमा उक्लिएको छ । रुपेन्देही भने लिगमा लगातार दोस्रो हारपछि प्रतियोगिताको पुच्छरमा रहेको छ । खेलमा सुरुवाती ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८६ रन जोडेको थियो ।

काठमाडौंले दिएको लक्ष्य पछ्याउने क्रममा रुपेन्देहीले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनायो । रुपेन्देहीका प्रदीप ऐरीले अर्धसतक बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । साथै, सागर पुनले १८ रन बनाउन सफल भएका थिए ।

यस्तै रुपेन्देहीका लागि रासिद खानले सार्वधिक चार विकेट लिए ।

काठमाडौंका लागि भने विदेशी खेलाडी सन्नि पटेलले ४८, सुबोधकुमार भाटीले ४२, अमित श्रेष्ठ र नरेश बुढाऐरले समान ३० रन जोडे ।

Advertisement

Advertisement