त्रिभुवन विमानस्थलबाट सातामा तीनसय किलो सुन तस्करी हुने गरेको खुलासा

Advertisement

काठमाडौंः साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ ।

एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ। सातामा ३०० केजी सुन तस्कर गर्ने अधिकांश अहिले पक्राउ परेकामध्ये नै रहेको प्रहरीले बतायो ।

प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सँचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ।ु

ती अधिकारीका अनुसार सुन तस्करीमा प्रहरीका भूतपूर्व अधिकारीको पनि संलग्नता देखिएको छ । अनुसन्धान जारी रहेकाले केही दिनमै पर्दाफास हुने उनले बताएको समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको सूचना आएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ ।

Advertisement

Advertisement

Advertisement