क्यानमाथि लागेको आइसीसीको निलम्बन फुकुवाको बाटोमा

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमाथि लागेको निलम्बन फुकुवा गर्ने संकेत देखाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसीले बनाइदिएको विधान पारित गरेसँगै लागेको निलम्बन फुकुवा गर्न चाँडै अर्को कदम चालिने बताएको हो ।

निर्वाचित क्यानले आइसीसीको सल्लाहकर सदस्यले बनाएको विधानलाई जस्ताको तस्तै पारित गरेको थियो । भारतको कोलकत्तामा बसेको आइसीसीको र्बोड बैठकले नेपाललाई निलम्बन गर्न छलफल भएको थियो ।

र्बोड बैठकपछि आइसीसीले आगामी दिनमा क्यानले पारित गरेको विधान अनुसार निर्वाचन गरेमा निलम्बन फुकुवा गरिने बताएको छ । अब, क्यानको निर्वाचन भएमा लामो समयदेखि लागेको निलम्बन फुकुवा हुने भएको छ ।

Advertisement

Advertisement