आज राज्यव्यवस्था तथा शिक्षा समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

राज्यव्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । 

Advertisement

राज्यव्यवस्था समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैटकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै शिक्षा समितिको बैठक दिउँसो १ बजे बस्नेछ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूची छ ।

Advertisement

Advertisement